रवि लामिछानेले सरकारलाई सम्पूर्ण सम्पत्तिको विवरण बुझाउने

मंगलवार, भाद्र १०, २०७६ साल,

काठमाडौं । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन  मुद्दामा अदालतको धरौटीमा छुटेका संचारकर्मी रवि लामिछानेले आफूले  सम्पत्ति विवरण सरकारलाई बुझाउने बताएका छन् ।

प्रहरीले आफुलाई फसाउँने नियतका साथ बैंक खाता विवरण उपलब्ध गराउँन राष्ट्र बैंकलाई पत्राचार गरेको जवाफमा लामिछानेले बैंक खाता विवरण मात्रै हैन, सम्पति विवरण नै सरकारलाई बुझाउने बताएका हुन् ।

चितवनको नारायणी नदी किनारमा  समर्थकहरूलाई धन्यवाद दिन आयोजित कार्यक्रममा रविले  भने  मेरो बैंक खाता त के सबै सम्पत्तिको विवरण चितवनबाट काठमाण्डौ फर्कने बित्तिकै सरकारलाई बुझाउँछु ।

रविले  आफूले जुत्ता चप्पल फेर्न नसकेका, एक सरो लुगा लाउन नसकेका मानिसको पीडा र समस्यालाई केन्द्रमा राख्ने  गरेको बताउँदै ती असहायहरूबाट रविले पैसा खान खोज्छ भन्नु आश्चर्यलाग्दो विषय हो भने ।

शलिकग्राम पुडासैनीले मृत्यु अगाडी जारी गरेको भिडियोमा रविले कार्यक्रम चलाउँदा करोडौ असुल्छन् भन्ने आरोप लगाएपछि प्रहरीले रविको बैंक खाताबारे जानकारी दिन राष्ट्रबैंकलाई पत्र लेखिसकेको छ । रविको खातामा कैफियत देखिए सम्पत्ति सुद्धीकरणको मुद्दा चलाउने योजनामा प्रहरी रहेको छ । प्रहरीले पठाएको पत्र राष्ट्रबैक पुगिसकेको छ ।

रवि लामिछानेको धन्यबाद कार्यक्रममा हजारौं सर्बसाधारण सहभागी भएर रवि धरौटीमा छुटेकोमा खुशियाली मनाएका थिए । रविलाई ८० बर्षमाथिका ज्येष्ठ नागरिकहरुले पनि कार्यक्रमस्थलमा पुगेर आशिर्बाद दिएका थिए ।

यस अघि रविले अस्पतालमा पुगेर प्रहरीको लाठीचार्जमा परी घाईते भएका समर्थकहरुलाई भेटेर उपचार राम्रोसँग गराउने प्रबन्ध मिलाईने आश्वाशन दिएका थिए ।

 

यस्तो छ रवि लामिछाने, युवराज र अस्मिताबारे जिल्ला अदालतको आदेशको पुर्णपाठ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411