आचार्य बालकृष्णलाई कसले खुवायो विष ? दोषीलाई कारबाही हुन्छ: रामदेव

मंगलवार, भाद्र १०, २०७६ साल,
काठमाडौं । गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ।

नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी थिए। पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन्।

कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद पेडा खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वाथ्यमा सुधार देखिएको छ।

पेडा खाएको केही समयपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलीको स्वामित्वमा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो।आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ।

नेपालमै औषधी उत्पादन गरी बजार विस्तार गर्ने योजनासहित पटकपटक नेपाल भएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411