यस्तो छ रवि लामिछाने, युवराज र अस्मिताबारे जिल्ला अदालतको आदेशको पुर्णपाठ

सोमबार, भाद्र ९, २०७६ साल,
काठमाडौं । चितवन जिल्ला अदालतले टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको विषयमा दिएको आदेश सार्वजनिक गरेको छ। संक्षिप्त आदेश अनुसार लामिछाने पाँच लाख, युवराज तीन लाख र अस्मिता साधारण तारेखमा छुटेका छन्।

उनीहरुले थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँने छन्। तर उनीहरु अदालतले तोकेको मितिमा नियमित तारेखमा भने उपस्थित हुनुपर्नेछ।  सोमबारको आदेश मुद्दामा थुनामा बसेर पुर्पक्ष वा थुना बाहिरै रहेर धरौटी वा साधारण तारेखमा पुर्पक्ष गर्ने भन्ने विषयमा सम्बन्धित छ।


आदेश अनुसार तीनजना प्रतिवादीले कारागारमा नगई बाहिरै बसेर मुद्दाको तारेखमा बस्ने सुविधा पाएका छन्।

चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले यस्तो आदेश दिएको हो।





 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411