प्रधानमन्त्री सिंगापुरमा, मन्त्रीहरु सिंहदरबारमा, इतिहासमै पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक

सोमबार, भाद्र ९, २०७६ साल,
काठमाडौ । इतिहासमै आज पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्दै छ । आजका लागि दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेकाले भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री सिंगापुरबाटै भिडियोमा सामेल हुने र बैठकको अध्यक्षता पनि प्रधानमन्त्रीले नै गर्ने छन् ।

यसअघिको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली सिंगापुर रहँदा भिडियो कन्फ्रेन्समार्फत् बैठक बस्ने निर्णय भएको थियो ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411