सुनको मूल्यमा नयाँ कीर्तिमान, यस बर्ष ४ महिना मै १४ हजार रुपैयाँले बढयो किन ?

सोमबार, भाद्र ९, २०७६ साल,
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो ।

नयाँ वर्ष सुरुमा  ५९६०० रुपैयाँबाट उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज ७३ हजार ५०० रुपैयाँमा आइपुगेको हो । यस समयसम्म सुनको मुल्य १३९०० रुपैयाले बढिसकेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो ।

यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ ।

विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।

यस्तै  चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् ।

पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ ।

सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ । सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासङ्घले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411