सुनको मूल्य बढेको बढै बनायो फेरि नयाँ रेकर्ड

आईतवार, भाद्र ८, २०७६ साल,
काठमाडौं । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो ।

यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411