४ हजार जनाका लागि सरकारी जागिर खुल्यो, एसएलसी पास नभएकालाई पनि मौका विज्ञापनसहित

शुक्रबार, भाद्र ६, २०७६ साल,
काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी लगायतका पदहरूमा ३ हजार ८ सय ३१ जनाका लागि दर्खास्त आह्वान गरेको छ ।

प्रहरी जवान (जनपद)मा ३ हजार ५ सय ९६ जना, कार्यलय सहयोगीमा (भान्छे)मा १ सय ८० जना,  हजाम १० जना, कुचिकार २० जना र खेलाडी २५ जना गरी ३ हजार ८ सय ३१ जनाका भर्ना खोलेको छ ।

प्रहरी प्रधान कार्यलय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले शुक्रवार गोरखापत्रमा विज्ञापन प्रकाशन गरेको छ ।

कम्तिमा ८ कक्षा वा सो सरह उत्तीर्णले आवेदन दिन सक्नेछन् ।

पुरुषको हकमा उचाई ५ फिट २ इञ्च र तौल ५० केजी तथा महिलाको हकमा उचाई कम्तिमा ५ फिट र तौल ४२ केजी आवश्यक रेहको विज्ञापनमा उल्लेख छ ।

१० रुपैयाँको टिकट टाँसेर आवेदन बुझाउन सकिने छ ।

हेर्नुहोस्,  विज्ञापन

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411