भारतका पूर्व अर्थ मन्त्री र गृह मन्त्री पी चिदम्बरम पक्राउ

बिहीवार, भाद्र ५, २०७६ साल,
एजेन्सी । भारतीय प्रहरीले कंग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री पी चिदम्बरमलाई बुधवार राति घरबाट पक्राउ गरेको छ। भारतका अर्थ मन्त्री र गृह मन्त्री रहिसकेका चितम्बरम कांग्रेसका प्रभावशाली नेता मानिन्छन्।

उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ। उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने यो माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए। अदालतले उनको माग अस्वीकार गरेको थियो। त्यसलगत्तै उनी फरार भएका थिए।

उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो। त्यहाँ उनी थिएनन्।

प्रहरीले चिदम्बरमका विरुद्ध सूचना जारी गरेको थियो। उनलाई स्थल, जल, हवाई मार्गमा रोक्न भनिएको थियो। उनलाई अनुमतिविना देशबाहिर जान रोक्न सबैलाई अनुरोध गरिएको थियो। चिदम्बरमलाई उनको ठेगानामा फेला पार्न नसकेपछि यस्तो अनुरोध गर्नुपरेको अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका थिए।

चिदम्बरमका पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर क्निनुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो। यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको हो।

साँझ एक्कासि कंग्रेसको पार्टी कार्यालय पुगेर आफूलाई भाजपा सरकारले फसाउन खोजेको भन्दै सञ्चारकर्मीलाई भेटेका थिए। त्यसलगत्तै उनी घर फर्किएका थिए। सीबीआईको टोली राति घरमा पुगेको थियो। झ्यालढोका सबै बन्द गरिएपछि सीबीआईको टोली बल प्रयोग गरी घरभित्र प्रवेश गरेको थियो र नियन्त्रणमा लिएको थियो।

सरकारले आफ्ना नेतामाथि अनुसन्धान गर्न खोजेपछि कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी तथा महासचिव प्रियंका गान्धीले विरोध गरेका छन्। भारतीय जनता पार्टीको सरकारले राजनीतिक प्रतिशोध लिन चिदम्बरममाथि आरोप लगाएका छन्। आफ्नो पोल खुल्ने डरले केन्द्र सरकारले उनलाई फसाउन खोजेको उनीहरूको भनाइ छ। अर्का नेता शशि थरुरले पनि मोदी सरकारले चिदम्बरमलाई तर्साउन खोजेको आरोप लगाएका छन्।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411