हिजो घटेको मुल्य फेरी बढ्यो, सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो ७१ हजार ५ सय

बिहीवार, श्रावन ३०, २०७६ साल,
काठमाडौ । साउन २९ गते घटेको सुनको मूल्य आज फेरि बढेको छ। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो। यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। बुधबार प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ८ सय ४० मा कारोबार भएको छ।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411