भोली बिहीबार सार्वजनिक बिदा

बुद्धबार, श्रावन २९, २०७६ साल,
काठमाडौं । प्रदेश २ सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लासका साथ रक्षाबन्धन  मनाउन सबैसँग अनुरोध गरेका छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।

प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411