नबिल बैंकको नाफा ४ अर्ब ३० करोड, सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने क्षमता

बुद्धबार, श्रावन २९, २०७६ साल,
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा ८ प्रतिशतले बढाएको हो ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार नबिल बैंक आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा नाफा ३ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । बैंकले ब्याज आम्दानीबाट मात्र ७ अर्ब ३३ करोड रुपैयाँ कमाएको छ ।

बैंकले सेयरधनीलाई ३५.३३ प्रतिशत लाभांश दिने क्षमता राख्छ । बैंकको पूँजीकोष अनुपात १२.७१ प्रतिशत छ । राष्ट्र बैंकले गरेको काउन्टर साइकल बफर अनुसार पूँजीकोष अनुपात पुग्दैन । बैंकले त्यसको लागि बोनस सेयर दिनुपर्ने हुन्छ ।

बैंकको बेसरेट अघिल्लो वर्षको भन्दा बढेको छ । अघिल्लो वर्ष ७.७८ प्रतिशत रहेको बेसरेट यो वर्ष बढेर ८।०९ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७२.९० प्रतिशत छ भने बैंकले ४.४३ प्रतिशत स्प्रेडदरमा काम गरेको छ ।

बैंकको असार मसान्तसम्ममा निक्षेप १ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । एक वर्ष अगाडि निक्षेप १ खर्ब १ खर्ब ३४ अर्ब थियो भने कर्जा १ खर्ब ९ अर्ब थियो । बैंकको प्रति सेयर आम्दानी ४७.६५ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411