काठमाडौं न्युरोडमा लुटिइन् सांसद भावना सुवेदी

आईतवार, श्रावन २६, २०७६ साल,
काठमाडौं । व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुगेकी प्रदेश नं ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ।

न्युरोडको भीडभाडमा अज्ञात व्यक्तिले आइतबार अपरान्ह ब्यागमा रहेको पर्स लुटेको सांसद सुवेदीले बताइन्। ‘भीड छिचोल्दै थियौं, पर्स लुटिएको पत्तै पाइएन,’ उनले भनिन्, ‘कतिबेला लुटियो भन्ने पनि यकिन भएन।’

सुवेदीको पर्समा सात हजार रुपैयाँ र केही महत्वपूर्ण सामानहरू थिए। सुवेदीका अनुसार बैंकमा एटिएम कार्ड, सांसद परिचय पत्र लगायत थिए।

‘एटिएमको पिन नम्बर पनि त्यहीँ लेखिराखेकी थिएँ,’ उनले भनिन्, ‘पिन नम्बर प्रयोग हुने डरले बैंकमा पुगेर रिपोर्ट गरेकी छु।’

उनले बैंक जाँदाजाँदै ढिलो भएकाले प्रहरीले जानकारी गराइनसकेको बताइन्। महानगरीय प्रहरी परिसरले पनि सुवेदीले घटनाबारे जानकारी नगराएको बताएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411