सांसदलाई नै ट्याक्सीले ठगेपछि....................

आईतवार, श्रावन २६, २०७६ साल,
काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् ।

बैठकमा बोल्दै उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपैयामा बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् ।

उनले ट्याक्सी ड्राइभरले आफूलाई मर्का परेको भन्दै ठगी गर्ने गरेको बताइन् ।

उनले भनिन्– ‘ट्याक्सी ड्राइभरले हामी मर्कामा छौँ, मिटरमा जान सकिदैनौँ भनेर गाँउबाट आएका नयाँ मान्छे र सिकिस्त बिरामी ठगिको शिकार बनाउने गरेका छन् । ट्याक्सी मर्कामा परेको छ भने छलफल गर्नुप¥यो, हैन भने ट्याक्सीको ठगी नियन्त्रण गर्नुप¥यो । यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?’

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411