पठाओ विरुद्ध ट्याक्सी व्यवसायी, आवद्ध नहुन ‘ह्विप’

शुक्रबार, श्रावन २४, २०७६ साल,
काठमाडौं । दुइपांग्रे सवारीबाट यातायात सेवा दिएरहेको पठाओले आजबाट ट्याक्सी सेवा सुरु गरेको छ। पठाओको ट्याक्सी सेवा सुरु भएसँगै ट्याक्सी व्यवसायी भने आक्रोसित भएका छन्।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पठाओमा आवद्ध नहुन फेसबुक मार्फत ह्विप जारी गरेको छ।

पठाओले ललाई फकाई ट्याक्सीलाई आवद्ध गराउने र पछि प्राइभेट ट्याक्सीलाई पनि आवद्ध गराउने उदेश्यले यो सेवा सुरु गरेको समाजका केन्द्रीय सदस्य विष्णु चौहानले आरोप लगाए।

‘हामी यात्रुसगँ सहमतीमा जाँदा ट्राफिकले ‘हाउमच’ अभियान चलाउछ तर उनीहरुले सरकारले तोकेको भन्दा १ सय रुपैयाँ धेरै लिन्छन् र मिटरमा जादैनन,’ उनले भने। पठाओले गुणस्तर तथा नापतौल विभागलाई ठाडो चुनौती दिएको चौहानले बताए।

१ सय रुपैयाँ भाडा नभई सेवा शुल्क भएको पठाओले जानकारी दिएको छ।

‘ हाम्रो एपमार्फत ३ किलोमिटर टाढाको ट्याक्सीलाई बोलाउन सकिन्छ। चालकले मोबाइल डाटाबाट एप चलाउनु पर्यो, फोन गर्नु पर्यो, जानुपर्यो त्यसैले यो सेवा शुल्क राखिएको बताईएको छ।

हाल पठाओको ट्याक्सी सेवामा ३ सय भन्दा धेरै ट्याक्सी आवद्ध भइसकेका छन् ।

पठाओले मिटर शुल्कमा १ सय थपेर भोलीदेखि ट्याक्सी सेवा सुरू गर्ने

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411