चेक बाउन्सको अभियोगमा पक्राउ डेभाजुका सञ्चालक १ करोड बुझाएर रिहा भएलगत्तै ३ करोड ठगीमा पक्राउ

बिहीवार, श्रावन २३, २०७६ साल,

काठमाडौं ।  राजधानीको दरबारमार्गस्थित क्लब डेजाभूका सञ्जालक मनोज श्रेष्ठ चेक बाउन्सको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

केही दिनअघि विमानस्थलबाट पक्राउ परेका श्रेष्ठ आज (बिहीबार) एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

बैंकिङ कसूरको मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा छुटेलगत्तै उनलाई प्रहरीले ३ करोड ठगी गरेको आरोपमा पुन पक्राउ गरेको हो ।

प्रक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411