​नेप्से तीन अंकले घट्यो, २४ करोड ७३ लाखको कारोबार

मंगलवार, आषाढ १, २०७२ साल,
काठमाडौं । नेप्से आज तीन दशमलब तीन अकंले ओरालो लागेको छ । नेप्सेमा बित्त बाहेक सबै सुचांकहरु ओरालो लागेका छन् ।
 
नेप्सेमा क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि शुन्य दशमलब सात अंकले ओरालो लागेको छ । मंगलबार नेप्सेमा बैंकको जलबिद्युत समुहको सबैभन्दा बढी ११ दशमलब १६ अकंले घटेको छ । साथै बैंकिङ समुहको सुचाकं चार दशमलब २२ अकंले घटेको छ भने होटल समुहको तीन दशमलब १८ अकंले घटेको छ ।   
 
मंगलबार पूँजीबजारमा २४ करोड ७३ लाख ९८ हजार आठ सय दुई अंकको कारोबार भएको छ  । नेप्सेमा एक सय २६ कम्पनीको सात लाख २५ हजार एक सय ७९ कित्ताको एक हजार चार सय ४१ पटक कारोवार भएको छ ।
 
आज नागबेली लघुबित्त विकास बैंक, एनआइइडिसी क्यापीटल मार्केट, सेवा विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने जानकी फाइनान्स, सहयोगी विकास बैंक, सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गु्माएका छन् ।

कारोवारका आधारमा भने लक्ष्मी बैंक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको  छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411