ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

बिहीवार, श्रावन २३, २०७६ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं  ६, नयाँ बजार र खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नं १, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ । बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411