पठाओले मिटर शुल्कमा १ सय थपेर भोलीदेखि ट्याक्सी सेवा सुरू गर्ने

बिहीवार, श्रावन २३, २०७६ साल,
काठमाडौं । राइड सेयर कम्पनी पठाओले ट्याक्सी सेवा सुरू गर्ने भएको छ। दुई पांग्रे सेवाको सफलतापछि दोस्रो प्रोजेक्टको रूपमा आगामी शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्न लागिएको पठाओका रिजनल डाइरेक्टर अशिममान सिंह बस्न्यातले जानकारी दिएका छन् ।

‘हामीले सामाजिक सञ्जालमार्फत् ग्राहकसँग सुझाव मागेका थियौं, ट्याक्सीको माग उच्च भएपछि ट्यासी सेवा सुरू गर्न लागेका हौं,’ उनले भने।

हालको एपमा ट्याक्सी विकल्प छानेर यो सेवा लिन सकिने बस्न्यातले जानकारी दिए।

‘अहिले मोटरसाइकलको राइड मगाइन्छ त्यसरी नै ट्याक्सी मगाउन सकिन्छ, प्यासेन्जरले झण्झट व्यहोर्न पर्दैन,’उनले भने।

यो सेवा प्रयोग गरे बापत यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ। त्यस्तै यो एपमार्फत् जुनसुकै बेलामा, जुनसुकै ठाउँमा बोलाउन सकिने भएकोले १ सय रुपैयाँ सेवा शुल्क लाग्ने बस्न्यातले जानकारी दिए।

पठाओमा आवद्ध हुन चाहने ट्याक्सीले आफ्नो डकुमेन्ट बुझाएर सामान्य ट्रेनिङ लिनुपर्ने उनले बताए।

पठाओमा आवद्ध ट्याक्सीले विभिन्न थप बोनस सुविधा पाउने छन्। पठाओको ट्याक्सी सेवाले ठगी, लुटपाट लगायतको समस्या हटाउने कम्पनीको विश्वास छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411