राष्ट्र बैंकको निर्देशनप्रति बैंकर संघको असहमति, पुनरावलोकन गर्न अपिल

बुद्धबार, श्रावन २२, २०७६ साल,
काठमाडौं। राष्ट्र बैंकको नीति निर्देशनको बिरुद्ध हम्मेसी सार्बजनिक टिकाटिप्पणी नगर्ने बैंकर्स संघले बुधबार प्रेस वक्तब्य जारी गरेको छ।

केही बर्षअघि मौद्रिक नीति सार्वजनिक भएपछि बैंकर्स संघको अध्यक्षका रुपमा राजनसिंह भण्डारीले पत्रकार सम्मेलन गरेर असहमति राखेका थिए। त्यसको राष्ट्र बैंकका तत्कालिन गभर्नर डा युवराज खतिवडाले बिरोध गर्दै गम्भिर असहमति राखेपछि संघले सार्बजनिक टिप्पणी गर्न छाडेको थियो।

राष्ट्र बैंकको नीति निर्देशन बारे संघले त्यहीँका अधिकारीहरुलाई भेटेर गुनासो तथा माग राख्ने गर्ने गरेको थियो। राष्ट्र बैंकको नीति निर्देशनका बारेमा ब्यक्तिगत रुपमा कसैले टिप्पणी गरे पनि संघले गर्दैन थियो। राष्ट्र बैंकको सोमबारको निर्देशनलाई लिएर बुधबार भने संघले सार्बजनिक असहमति राखेको छ।

स्प्रेडको शुत्र परिवर्तनले आम्दानी २५ प्रतिशतले घट्ने निष्कर्ष पनि संघले सार्बजनिक गरेको छ। यसैगरी बैंकास्योरेन्स बन्दमा पनि असहमति राखेको छ। संघले काउन्टर साइक्लिसकल बफरका बिषयमा पनि असहमति राखेको छ। त्यसैले संघले विज्ञप्ति नै जारी गरेर यस बिषयहरुलाई पुनरावलोकन गर्न भनेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411