साइबर हमला गरेर उत्तर कोरियाले चोर्‍यो दुई खर्ब रुपैयाँ

बुद्धबार, श्रावन २२, २०७६ साल,
एजेन्सी । उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रमका लागि पुंजी संकलन गर्नका लागि साइबर हमला गरिरहेको संयुक्त राष्ट्रको एक रिपोर्टमा भनिएको छ ।

संयुक्त राष्ट्रको एक लिक भएको रिपोर्ट अनुसार उत्तर कोरियाले वित्तिय संस्थाहरु र क्रिप्टो करेन्सी एक्सचेन्जलाई निशाना बनाएर करिब दुई अर्ब डलर (दुई खर्ब रुपैयाँ) चोरेको छ ।

स्रोतले बीबीसीसँग कुरा गर्दै संयुक्त राष्ट्र विशेषज्ञको एउटा समूह उत्तर कोरियाको कम्तिमा ३५ यस्ता साइबर हमलाको अनुसन्धान गरिरहेको बारे पुष्टि गरेको छ ।

उत्तर कोरियाले मंगलबार दुई मिसाइलको परीक्षण गर्‍यो । यो पछिल्लो दुई हप्तामा चौथो परीक्षण हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411