ग्यासको मूल्य घट्यो,पेट्रोल, डिजल र मट्टीतेलको बढ्यो, अब कति पुग्यो ?

मंगलवार, श्रावन २१, २०७६ साल,
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ। निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो।

अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन्। यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो। निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने बढाएको छ।

पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ र ५० पैसा बढाएको छ।

अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल एक सय नौ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ। निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411