कृषि विकास बैंकको ४ अर्ब ३५ करोड खुद नाफा, प्रतिशेयर आम्दानी ४४ रुपैयाँ

मंगलवार, श्रावन २१, २०७६ साल,
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्ष ४ अर्ब ३५ करोड खुद नाफा गरेको छ । आर्थिक बर्ष ७४/७५ मा बैंकले ३ अर्ब ६५  करोड खुद नाफा गरेकोमा गत आर्थिक बर्ष बैंकको नाफा १९ प्रतिशतले बढेको हो ।

 बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ३१ करोड रहेको छ । यस हिसाबले बैंकले २२.९१ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।तर नियामकीय पुनरावलोकन र थप प्रोभिजन तथा विगतको संचित वितरणायोग्य मुनाफाको आधारमा वास्तविक लाभांस क्षमता फरक पर्न सक्नेछ ।

हाल बैंकको चुक्ता पुंजी १४ अर्ब ४४ करोड रहेको छ । १ खर्ब १९ अर्ब  निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी १ खर्ब १० अर्ब रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष १० अर्ब ४० करोड रहेको छ। बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ७.६१ प्रतिशतले बढेको ७ अर्ब ३७ करोड पुगेको छ । बैंकको खराब कर्जा २.९० प्रतिशत रहेको छ  ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात ९.१६  गुणा, प्रतिशेयर नेट वर्थ ३१४.१८ रुपैयाँ, प्रति शेयर आम्दानी ४४.६७ रुपैयाँ,   , आधार ब्याजदर १०.५८ प्रतिशत, कोषको लागत ७.४१ प्रतिशत ,स्प्रेड दर ४.६८, पुँजी पर्याप्तता अनुपात २०.३३ , तरलता २८.९६ र सीसीडि ७८.७२ रहेको छ  ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411