एचएसबीसी बैंकले चार हजार रोजगारीका अवसर कटौती गर्ने, संकटबाट जोगिएला ?

सोमबार, श्रावन २०, २०७६ साल,
लण्डन। बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौती गर्ने घोषणा गरेको छ।

एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताए।

“हामीले बैंकलाई पुनस् संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले भने।

उनले रोजगारी कटौती अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताए। बेलायतले यूरोपेली यूनियन ९इयू० बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ। रासस/एएफपी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411