सुनको मूल्य ऐतिहासिक उचाईमा, ४ दिनमै २८ सय रुपैयाँले बढ्यो

सोमबार, श्रावन २०, २०७६ साल,
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य एकैदिन एक हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको हो।

आइतबार ६६ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य सोमबार तोलामै एक हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी माहासंघको अनुसार सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजावी सुन ६७ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

सुनको मूल्यले नेपाली बजारमा दिनदिनैै नयाँ रेकर्ड कायम गर्न थालेको छ। गत साउन १६ गतेदेखि बढ्न थालेको सुनको मूल्य बढेर दिनदिनै नयाँ उचाइमा पुग्ने गरेको छ। गत ४ दिनमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ।

शुक्रबार ६५ हजार ८०० रुपैयाँमा रहेको सुनको भाउ आइतबार ५०० रुपैयाँले बढेर आइतबारसम्मकै महंगो मूल्य ६६ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध पनि एक हो। अमेरीकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउदा त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुनको मूल्य बढ्दै गएको हो । सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ७९५ रुपैयाँमा करोबार भइरहेको माहासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411