कुमारी बैंकको नाफा २८ प्रतिशतले बढ्यो, कमायो १ अर्ब ३३ करोड रुपैयाँ नाफा

सोमबार, श्रावन २०, २०७६ साल,
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा २८.०४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ४० लाख ४६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ४ करोड १८ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंककोे नाफा बढनलाई खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी ४८.५४ प्रतिशतले बढेर ३ अर्ब १ करोड ९४ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको सोहि अवधिमा २ अर्ब ३ करोड २६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा ४२.६४ प्रतिशतले बढेर १ अर्ब ९२ करोड ४७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा १ अर्ब ३४ करोड ९३ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड ९७ लाख ११ हजार रुपैयाँ रहेको छ ।

७३ अर्ब २० करोड १३ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७३ अर्ब १२ करोड ३ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा घटेर ०.९७ प्रतिशत रहेको छ । अघिल्लो आवमा १।०१ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दनी १५ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411