बाँडफाँटको ३ महीनापछि सान्जेन र रसुवागढीको आईपीओ सूचीकृत हुँदै, मंगलवारदेखि किनबेच हुने

आईतवार, श्रावन १९, २०७६ साल,
काठमाडौं । वैशाख १९ गते नै सर्वसाधारणलाई शेयर बाँडफाँट गरेका सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर सोमवार सूचीकृत हुने भएको छ । सोमवार दुवै कम्पनीको शेयर सूचीकरण सम्झौताको कार्यक्रम तय भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले सोमवार दुवै कम्पनीको शेयर सूचीकरण हुने हुँदा सर्वसाधारणहरुले मङ्गलवारदेखि कारोबार गर्न सक्ने जानकारी दिए ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजनामा समेटिएका यी दुवै कम्पनीले स्थानीयलाईभन्दा अघि कर्मचारी र सर्वसाधारणलाई शेयर बाँडेका थिए ।

अन्य जलविद्युत् कम्पनीले कर्मचारी र स्थानीयलाई शेयर बाँडफाँट गरेपछि मात्र सर्वसाधारणलाई जारी गर्ने र सूचीकरण एकैपटक हुँदै आएको थियो । कर्मचारी र स्थानीयले भने सूचीकरण भए पनि लकइन अवधि ३ वर्ष पूरा भएपछि मात्र कारोबार गर्न पाउँने व्यवस्था छ ।


पहिलो चरणमा कर्मचारीहरुलाई शेयर बाँडफाँट पश्चात दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने योजना कम्पनीहरुको थियो ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेका यी दुवै कम्पनीले पहिलो चरणमा वितरण गरेको २४ प्रतिशत शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक संगठित संस्था ९चिलिमे हाइड्रो, नेपाल विद्युत् प्राधिकरण, रसुवाका स्थानीय निकाय०का कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ प्रतिशत छ ।

सान्जेन र रसुवागढी दुवैका आयोजना रसुवामा निर्माण भइरहेको हो । यी कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत शेयर वितरण गरेको हो भने आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत शेयर वितरण गर्न बाँकी छ ।

रसुवामा सान्जेनले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । यी आयोजना चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत निर्माण भइरहेका छन् । रसुवागढीको निर्माणाधीन आयोजनाको प्रतिमेगावाट लागत रू १५ करोड १२ लाख २४१ छ भने सान्जेनको दुवै आयोजनाको प्रतिमेगावाट लागत रू १५ करोड छ ।

यी दुवै कम्पनीले जारी पूँजीको आधारमा संस्थापकतर्फ ५१ प्रतिशत, कर्मचारीमा २४ प्रतिशत, सर्वसाधारणलाई १५ प्रतिशत र स्थानीयका लागि १० प्रतिशत शेयर स्वामित्व कायम गरेका छन् । सान्जेनको जारी पूँजी रू ३ अर्ब ६५ करोड छ भने रसुवागढीको ६ अर्ब ८४ करोड २१ लाख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411