अमेरिकामा २४ घण्टाको अन्तरालमा दुई ‘शुटआउट’, २९ जनाको मृत्यु

आईतवार, श्रावन १९, २०७६ साल,
काठमाडौं । अमेरिकामा दुई छुट्टाछुट्टै गोली चलेको घटनामा २९ जनाको मृत्यु भएको छ । टेक्सासको एक सपिङ मलमा भएको गोली चलेपछि एक अर्को समान प्रकृतिको घटनामा नौ जनाको मृत्यु भएको छ ।

ओहिओमा एक बन्दुकधारीले नौ जनाको गोली हानी हत्या गरेको छ । अमेरिकाको प्रहरीले बन्दुकधारी पनि मारिएको जनाएको छ । घटनामा १६ जना घाइते भएका छन् ।
 
यसअघि टेक्सासको अल पासो सहरमा अव्यवस्थित मलमा गोली चल्दा २० जनाको मृत्यु भएको थियो । उक्त घटनामा २६ जना घाइते भएका थिए । घटनाको अनुसन्धानमा एफबीआईले सहयोग गरिरहेको बताइएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411