सुनको मूल्य अहिलेसम्मकै महँगो, यस कारण बढ्यो मुल्य

आईतवार, श्रावन १९, २०७६ साल,
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ईतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आईतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

आजका लागि तेजाबी सुनको प्रतितोला मूल्य नै ६६ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबारका लागि लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो । गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउमा आएकोबढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तराष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बज्राचार्य बताउँछन् ।

अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने बज्रचार्य बताउछन् ।

मूल्य आकाशिए पछि पुरानासुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसयीहरुको बताए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411