एनसिसि बैंकले एफपीओ जारी गर्ने

शनिबार, श्रावन १८, २०७६ साल,
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसि बैंकको २० औं र २१ औं वार्षिक साधारण सभा भदौ २३ गते हुने भएको छ ।

साधारण सभाको विशेष प्रस्तावमा सार्वजानिक निस्काशन एफपीओ जारी गर्ने प्रस्ताव रहेको छ ।  सो प्रस्तावलाई पारित गर्न शेयरधनीहरुलाई बैंकले साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा बोलाएको हो ।

साधारण सभामा दुई आवको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने र आव २०७४/०७५ को नाफाबाट १५ दशमलव ८९ प्रतिशत वोनस र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  सभाले  सञ्चालक समितिमा संस्थापकबाट तीन जना र सर्वसाधारणबाट एक जना महिलासहित गरी तिन जनाको निर्वाचन गर्नेछ ।

बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसाहीको काम गर्ने र बैंक अन्य उपयुक्त बैंक संँग गाभ्ने वा गाभिने तथा प्राप्त गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी पनि दिने  भएको छ । बैंकको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २६ गते एक दिन बन्द हुने भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411