तेलको भाउ घट्यो

शुक्रबार, श्रावन १७, २०७६ साल,
एजेन्सी । विश्व बजारमा बिहीवार कच्चा तेलको भाउ घटेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै तेलको भाउ घटेको हो । पछिल्लो ६ दिनमा पहिलोपटक कच्चा तेलको भाउ घटेको हो ।

बिहीवार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल १ डलर ११ सेन्टले घटेर प्रतिब्यारेल ६३ डलर ९४ सेन्टसम्म आइपुगेको थियो । यो समाचार तयार पर्दासम्म साँझको ६ बजे भने प्रतिब्यारेल ७१ सेन्ट कमजोर रहँदै ६४ डलर ३४ सेन्टमा आइपुगेको थियो ।

त्यस्तै यूएस क्रुडको भाउ पनि प्रतिब्यारेल १ डलर ७ सेन्टले कमजोर रहँदै ५७ डलर ५१ सेन्टसम्म आइपुगेको थियो । यो समाचार तयार पर्दासम्म भने प्रतिब्यारेल ८६ सेन्ट घटेर ५७ डलर ७२ सेन्टमा आइपुगेको थियो ।

अहिले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) तथा उसका सहयोगी मुलुकले तेल उत्पादन कटौती गरेर तेलको भाउलाई टेवा दिने प्रयास गरिरहेका छन् । तर, संगठनभन्दा बाहिरका मुलुकबाट बढिरहेको तेल आपूर्तिको कारण तेलको भाउ घट्नमा सहयोग पुगेको हो ।

साथै बुधवार सार्वजनिक भएको सरकारी तथ्यांकले अमेरिकाको तेल उत्पादन प्रतिदिन १ करोड २२ लाख ब्यारेल पुगेको देखाएको थियो ।

अघिल्लो साता उसको तेल उत्पादन प्रतिदिन १ करोड १३ लाख ब्यारेल थियो । अमेरिका–चीन व्यापारयुद्ध तत्काल समाधान हुने सम्भावना कमजोर देखिएसँगै तेलको भाउ घटेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411