सहकारी संस्थाले १६ प्रतिशत भन्दा बढि ब्याज लिएमा कार्वाही, स्प्रेड रेट ६ प्रतिशत

शुक्रबार, श्रावन १७, २०७६ साल,
काठमाडौं । सरकारले सहकारी संस्थाहरुको ब्याजदरको सीमा तोकेको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदर तोकेको हो ।

अब सहकारी संस्थाहरुले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । यसअघि सहकारी संस्थाहरुले कर्जाको २५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।

यसैगरी निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याजदर तोकिएको छ । यसरी हेर्दा अब सहकारी संस्थाहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) बढीमा ६ प्रतिशत हुने देखिएको छ ।

समितिको निर्णयबारे जानकारी दिन सहकारी विभागले शुक्रबार १ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

सहकारी संस्थाहरुले कर्जामा महंगो ब्याज लिएको भन्दै आलोचना भइरहेको थियो । नेपाल राष्ट्र बैंकबाट नियमन हुने ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुमा पनि केही समयअघि ब्याजदरको सीमा तोकिएको थियो ।

लघुवित्तहरुले मनपरी ब्याज दिएको जनगुनासो बढेपछि राष्ट्र बैंक आफैंले कर्जामा १८ प्रतिशतमात्रै ब्याज लिन पाउने गरी ‘क्याप’ लगाएको थियो । सोही तरिकाले विभागले सहकारी संस्थाहरुको ब्याजदरमा क्याप लगाएको हो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411