लक्ष्मी भ्यालु फण्डको १५ प्रतिशत लाभांश घोषणा
बिहीवार, श्रावन १६, २०७६ साल,

काठमाडौं । लक्ष्मी भ्यालु फण्डले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलार्य १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। लक्ष्मी बैंकको प्रवद्र्धनमा लक्ष्मी क्यापिटल अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो।
क्यापिटलको साउन १५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७५ ०७६ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो। यसका अतिरिक्त कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ।