एभरेष्ट बैंकको एक बर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा

बिहीवार, श्रावन १६, २०७६ साल,
काठमाडौं। विदेशी संयुक्त लगानीको एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक बर्ष खुद नाफा १८ प्रतिशतले बढाएको छ। बैंकले एक बर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

अघिल्लो बर्ष बैंकको नाफा २ अर्ब ५८ करोड रुपैयाँ छ। बैंकले खुदा ब्याज आम्दानीमा पनि करिव १६ प्रतिशतको बृद्धि गरेको छ। बैंकले १५.७४ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ।

बैंकले ऋण लगानी १ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको छ भने निक्षेप १ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ। ऋण लगानी बिस्तार गर्दै लगेका कारण बैंकको पूँजी कोष अनुपात घट्दो क्रममा देखिएको छ। १४.२ प्रतिशतको पूँजीकोष अनुपात घटेर १३.७५ प्रतिशतमा झरेको छ।

बैंकले ८.४५ प्रतिशतको आधार दरलाई घटाएर ८.१२ प्रतिशतमा ल्याएको छ। बैंकले ४.२९ प्रतिशतको स्प्रेडमा काम गरेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411