चार्जमा राखेको मोबाइल चलाउँदा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु

बिहीवार, श्रावन १६, २०७६ साल,
विराटनगर । चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ।

बिहीबार राति बिहान लेटाङ नगरपालिका ३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो वडाको त्रिशुली चोकका राई साथीको घरमा गएका थिए। सुतिरहेको अवस्थामा राति ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्दा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटना थाहा हुनासाथ प्रहरी जाँदा उनको मृत्यु भइसकेको थियो। घटनाबारे इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411