लाभकरको भारित औषत सम्बन्धी अन्योल समाप्त, २०५८ असार मसान्तदेखिको औषत निकाल्ने

बुद्धबार, श्रावन १५, २०७६ साल,
काठमाडौं । पूँजीगत लाभकर भारित औषतको गणना सम्बन्धी विबाद टुगिंएको छ ।

बुधबार अर्थमन्त्रालयमा आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र लगानीकर्ता संघहरु सहित बसेको बैठकले पूँजीगत लाभ भारित औषतको गणना सम्बन्धी विवाद टुंग्याएको बताइएको छ ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटलाल रौनियारका अनुसार २०५८ साल असार मसान्तदेखि २०७६ असार मसान्तसम्म अवधिको मूल्यवाट भारित औषत निकाल्ने गरी पूँजीगत लाभकर गणना हुने जानकारी दिए ।

पहिले भएको सहमतिलाई नै अनुमोदन गर्ने निर्णय भएको उनको भनाई छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411