ग्लोबल आइएमई बैंकले तीन दिनभित्र कर्जा दिने, ब्याज ९.९९ प्रतिशत

सोमबार, श्रावन १३, २०७६ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीयोजना ल्याएको बैंकले जनाएको छ।

यस योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । निश्चित अवधिको लागि रहने योजना बैंकका सबै शाखाबाट उपलब्ध हुने छ।

बैंकले हाल १३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७१ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत् ११ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले आधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग, मोबाइल र इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्‍याउँदै आएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411