सूर्य नेपालको कारोबार करीब ३६ अर्ब

सोमबार, श्रावन १३, २०७६ साल,
काठमाडौं । नेपालका ठूला उत्पादनमूलक उद्योगमध्येको एक सूर्य नेपाल प्रालिको कुल कारोबार आर्थिक वर्ष २०७४/७५ मा १२ दशमलव ४१ प्रतिशतले बढेको छ । आव २०७३/७४ मा रू ३१ अर्ब ८१ करोड बराबरको कारोबार गरेको कम्पनीले २०७४/७५ मा रू ३५ अर्ब ७६ करोडको कारोबार गरेको कम्पनीको वित्तीय प्रतिवेदनले देखाएको छ । त्यस्तै, कम्पनीले आव २०७४/७५ मा रू ९ अर्ब ४५ करोड खुद नाफा कमाएको छ, जो अघिल्लो आवमा रू ८ अर्ब ५७ करोड थियो ।

सूर्य नेपालले सो आवमा रू ९ अर्ब १३ करोड २५ लाख लाभांश वितरण गरेको छ । प्रतिशेयर रू ४५३ लाभांश वितरण गरेको कम्पनीको वार्षिक वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

तीस वर्षदेखि सुर्तीजन्य वस्तु उत्पादन गर्दै आएको सूर्य नेपालमा भारतको आईटीसी लिमिटेडको ५९ प्रतिशत लगानी छ । यो नेपालको पुरानो विदेशी संयुक्त लगानीको उद्योग हो ।

नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीमध्येको एक, सूर्य नेपालले मूलतः चुरोट, अगरबत्ती, सलाई लगायत वस्तु उत्पादन गर्दै आएको छ । पछिल्लो समय फाष्ट मुभिङ कन्ज्युमर गुड्स ९एफएमसीजी० मा लगानी केन्द्रित गरेको यस कम्पनीले कन्फेक्सनरी उद्योग स्थापना गरिसकेको छ भने चाउचाउ ल्याउने तयारीमा छ । मजदुर समस्याका कारण विराटनगरमा रहेको तयारी पोशाक उद्योग बन्द भएपछि कम्पनी लगानी विविधीकरणमा लागेको हो । सो उद्योग बन्द हुनुअघि सूर्य नेपालले जोन प्लेयर र स्प्रीङउड ब्राण्डका तयारी पोशाक नेपाली बजारका लागि उत्पादन गर्दै आएको थियो ।

नेपालमा सन् १९८६ मा स्थापित यस कम्पनीले सन् १९८७ डिसेम्बरदेखि नै चुरोटको उत्पादन शुरू गरेको हो । निजीक्षेत्रको सबैभन्दा ठूलो रोजगारदाताका रूपमा लिइने यस कम्पनीले  प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४ लाखभन्दा बढीलाई रोजगारी दिएको कम्पनीको दाबी छ । नेपालमा सबैभन्दा बढी तलव बुभ्mने मजदूरमा यस कम्पनीका मजदूर पनि पर्छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411