एमएमबि फिफ्टीले सोमवारदेखि १० करोड २० लाख कित्ता विक्री गर्ने

आईतवार, श्रावन १२, २०७६ साल,
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि फिफ्टीले सोमवारदेखि इकाई विक्री खुला गर्दैछ । यस योजनाले १० करोड २० लाख कित्ता इकाई सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

योजनाले कुल १२ करोड इकाईमध्ये बिज पूँजीबापत १ करोड ८० लाख कित्ता कोष प्रबन्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखी बाँकी सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

बन्दमुखी यस योजनाको आकार रू १ अर्ब २० करोड बराबरको हुनेछ । सातवर्षे अवधिको यस योजना परिपक्व हुने मिति इकाई बाँडफाँट भएको मितिदेखि ७ वर्ष गणना गरिनेछ ।

 न्यूनतम रू १० तोकिएको यस इकाई खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

यस इकाई खरीदका लागि छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । योजनाले पहिलो वर्षनै ७ दशमलव ३६ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411