सानिमा बैंकले ३२ प्रतिशतले बढायो नाफा

आईतवार, श्रावन १२, २०७६ साल,

काठमाडौं ।  सानिमा विकास बैंकले अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले नाफा बढाएको छ । आफ्नो चौथो त्रैमासिकको रिपोर्ट प्रकाशन गर्दे बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब २४ करोड ३३ लाख खुद नाफा गरेको जनाएको छ । बैंकले अगिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६९ लाख नाफा गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६२ करोड छ ।

अहिले बैंकको चुक्ता पुंजी ८ अर्ब रहेको छ । ८९ अर्ब ३७ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ८१ अर्ब २४ करोड रहेको छ । अगिल्लो वर्ष बैंकले ७७ अर्ब ८४ करोड निक्षेप संकलन गरेको थियो । बैंकको ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा ३५.९७ प्रतिसतले बढेर ४ अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्ष बैंकले व्याजबाट मात्रै खुद ३ अर्ब १ करोड आम्दानी गरेको थियो ।

त्यस्तै बैंकको मूल्य आम्दानी अनुपात १२।४१, प्रतिशेयर आम्दानी २८.०४ तथा प्रतिशेयर नेटवर्थ १४८.७३ रुपैया छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.९९ बाट बढाएर ७७.९१ प्रतिशत बनाएको छ । बैंकले खराव कर्जा दर ०.०३ बाट ०.०८ पुगेको छ ।

बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत, कोषको लागत ७.३९ प्रतिशत , र सीसीडि ७७.९१ प्रतिशत छ भने बचत र लगानी बीचको ब्याजदर अन्तर ४.६६ बाट घटाएर ४.३५ बनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411