यतीले ल्यायो पाँचौ‌ ‘एटिआर ७२-५००’ जहाज

शनिबार, श्रावन ११, २०७६ साल,
काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताको पाँचौं जहाज भित्र्याएको छ। यतीले ‘एटिआर ७२-५००’ सिरिजको जहाज भित्र्याएको हो।

कल साइन ‘९एन-एएनजी’भएको जहाज शनिबार दिउँसो १स् ४० बजे अवतरण गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पाइलट आरके सिद्धि र आर बी  खड्कालै बैंककबाट जहाज उडाएर ल्याएका हुन्।

योसहित यतीसँग १० थान जहाज भएका छन्। यती एयरलाइन्सले पोखरालाई पर्यटकीय गन्तव्य बनाउँदै अन्य सहरहरूमा पनि नियमित उडान गर्ने भएको छ।

पोखराबाट काठमाडौंका लागि उडान गर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको छ।

एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि, भरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउण्टेन फ्लाइट गर्ने भएको छ।

सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटिआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाई सेवा दिँदै आएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411