एनआईसी एशिया ग्रोथ फण्डको १० प्रतिशत लाभांश घोषणा

शुक्रबार, श्रावन १०, २०७६ साल,

काठमाडौं। एनआईसी एशिया ग्रोथ फण्डले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिले ईकाइधनीहरुलाई कर सहित १० प्रतिशतले हुन आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ नगद लाभांस दिने निर्णय गरेको हो।

फण्डले असारको न्याभ रिपोर्ट सार्वजनिक नगर्दै लाभांश दिने घोषणा गरेको हो। गत जेठ महिनामा फण्डले ८ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो। अन्य म्युचुअल फण्ड नोक्सानमा रहेको अवस्थामा एनआईसी एशियाले लाभांश दिने भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411