चीनका १५ विमानस्थल नेपाली एयरलाइन्सलाई खुला, हप्तामा ९८ उडान हुने

शुक्रबार, श्रावन १०, २०७६ साल,
काठमाडौं । नेपाली एयरलाइन्सले चीनका १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन्। चीनसँगको द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाली एयरलाइन्सका लागि नयाँ विमानस्थलको विन्दु बढेको हो।

यसअघि चीनका ७ वटा विमानस्थलमा मात्र उडान गर्न पाउने व्यवस्था थियो। नयाँ व्यवस्थामा विमानस्थलको नाम नतोकी नेपाली एयरलाइन्सले उडान चाहेका विमानस्थलमा अनुमति पाउने छन्।

नेपालको तर्फबाट संसकृति पर्यटन मन्त्रालयका सहसचिव शुरेश आचार्यको नेतृत्वमा गएको टोलीले सम्झौता पुनरावलोकनमा हस्ताक्षर गरेको हो।

नयाँ व्यवस्थाअनुसार अबदेखि नेपाल चीनबीच हप्तामा ९८ उडान हुने छन्। यअघि ७० उडान पाउने व्यवस्था थियो। थपिएको फ्रक्वेन्सी काठमाडौं बाहिरका विमानस्थलमा लागू हुनेगरी सम्झौता गरिएको नेपाली प्रतिनिधि मण्डलका सदस्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।

चिनियाँ पक्षसँगको छलफलमा नेपाली पक्षले नेपाली एयरलाइन्सलाई अथोराइज परमिसनमा चिनियाँ पक्षले ढिलाई गरेको भन्दे ध्यानाकर्षण गराएको थियो। त्यसको जवाफमा उनीहरुले नेपाली एयरलाइन्सलाई छिटो गराइदिने प्रतिबद्धता जनाएको नेपालले जानकारी दिए।

हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन्। एयर चाइनाले छेन्दु ल्हासा हुँदै काठमाडौं ३ र छेन्दु काठमाडौं ७ उडान गरी सातामा १० उडान गर्छ।चाइना इस्टर्नले कुनमिङ(काठमाडौं रूटमा दैनिक २ उडान (सातामा १४) उडान गरिरहेको छ। त्यस्तै, चाइना साउदर्नले पनि सातामा १४ उडान गर्छ। यसले ग्वाङजाउ काठमाडौं उडान गर्छ।

त्यस्तै ल्हासा ट्रान्जिट बनाएर छेन्दुबाट काठमाडौं उडान गर्ने सिँचुवान एयरलाइन्सले पनि सातामा चार उडान गर्छ। छेन्दु काठमाडौं रूटमा उडान गर्ने तिब्बत एयरलाइन्सले सातामा चार उडान गर्छ।

तर नेपाली एयरलाइन्सहरूले चीनका कुनै पनि विमानस्थलमा नियमित उडानको अनुमति पाएका छैनन्।

नयाँ सम्झौतासँगै नेपालको हिमालय एयरलाइन्सले चीनका थप गन्तव्यमा उडान गर्न पाउने भएको छ। यसअघि विमानस्थलको नामै तोकेर पोइन्ट दिएकाले हिमालयले योजनाअनुसार उडान गर्न पाएको थिएन। अवदेखि हिमालयलाई आफूले चाहेको ठाउँमा उडान गर्ने बाटो खुला भएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411