नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त

शुक्रबार, श्रावन १०, २०७६ साल,

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिएका हुन्।

सरकारले गत माघ २५ गते नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको थियो। अध्यक्ष दिगम्बर झाले दिएको राजीनामा स्वीकृत नहुँदासम्म निमित्त अध्यक्षको रूपमा उनलाई जिम्मेवारी दिइएको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411