सबैको लघुवित्तको आइपीओ बाँडफाँड, ४९ हजार ५२५ जनाले १० कित्ता पाए

शुक्रबार, श्रावन १०, २०७६ साल,
काठमाडौं । सबैको लघुविले सर्बसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ।

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलयमा भएको बाँडफाँडमा रितपूर्वक आवेदन दिएका ३ लाख २ हजार १९२ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्।

कम्पनीको आइपीओ धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको हो ।

लघुवित्तको आइपीओमा परेको कुल आवेदनमध्य ४५४ जनाबाट परेको ११ हजार ९६० कित्ता शेयर खदिको लागि परेको आवेदन रद्द भएको छ।

सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो। यसमध्ये ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ४ लाख ९ हजार २५ कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो।

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। त्यसमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो।

आईपीओ बाँडफाँडपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तमा संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411