अब बैंकमा सुनचाँदी राख्दा पनि ब्याज पाइने, नीतिगत व्यवस्था हुने
बुद्धबार, श्रावन ८, २०७६ साल,

काठमाडौं।नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याएको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो।
गभर्नर डा चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत व्यवस्था गर्ने जानकारी दिए।
बजेटमा नेपाली नागरिकहरुले सम्पतिका रुपमा आर्जन गरेको सुनचाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा जम्मा गर्ने ब्यवस्था मिलाइने छ।