यसरी भयो पूँजीगत लाभकर गणनाको विवाद समाधान

बुद्धबार, श्रावन ८, २०७६ साल,

काठमाडौं । शेयर बजारमा पूँजीगत लाभकर गणना सम्वन्धि विवाद समाधान भएको छ। धितोपत्र बोर्डमा भएको छलफलमा भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनामा देखिएको विवाद अन्त्य भएको हो।

सरोकारवालाहरु बीच २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरूको मूल्यको औसतलाई आधार बनाएर बेस मूल्य निर्धारण गर्ने र सोही आधारमा पूँजीगत लाभकर गणना गर्ने व्यवस्थाका लागि माथिल्लो निकायमा सिफारिस गर्ने सहमति भएको छ।

छलफलमा पाँचवटा लगानीकर्ता संघ संगठन, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारी सहभागी थिए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411