फर्चून–५०० मा पहिलो पटक चीन अमेरिकाभन्दा आगाडि, ३२७ खर्ब डलर आम्दानी

बुद्धबार, श्रावन ८, २०७६ साल,
एजेन्सी । आम्दानीका आधारमा विश्वकै ठूला कम्पनीको सूचीमा पहिलो पटक चीनले अमेरिकालाई पछाडि पारेको छ । १९९० मा विश्वव्यापी ग्गोबल–५०० सार्वजनिक गर्न थालिएयता चीनले आफ्नो व्यापार युद्धको प्रतिद्वन्द्वी मुलुक अमेरिकालाई पहिलो पटक पटाडि पारेको हो । यो सूचीमा हालसम्म अमेरिकी फर्महरुको बर्चश्व रहदै आएको थियो ।

विश्वको सक्ति रुपान्तरणको रुपमा ताइवानका १० कम्पनी सहित चीनका १२९ कम्पनी फर्चुन–५०० को सूचीमा परेका हुन् । दोस्रोमा रहेको अमेरिकाका १२१ कम्पनी यो सूचीमा परेको हालै सार्वजनिक सूचीले खुलासा गरेको छ ।

वरियतामा वालमार्ट लगातार छैटौ वर्षमा पहिलो स्थानमा परेको छ । यो कम्पनी यो स्थानमा १९९५ यता चौध पटकसम्म परेको छ । यो कम्पनीले ५०० अर्ब डलर भन्दा बढीको आम्दानी गर्न सफल भएको छ । दोस्रो स्थानमा चीनको राज्य स्वामत्वको तेल र ग्यास कम्पनी सिनोपेक ग्रुप रहेको छ । गत वर्ष नाफा र आम्दानी दुवैमा भएको ठूलो वृद्धिका कारण यो कम्पनी दोस्रो स्थानमा पर्न सफल भएको हो ।

३९६.५५६ अर्ब डलरको आम्दानी गर्न सफल रोयल डच सेल तेस्रो स्थानमा परेको छ । सूचीको शीर्ष पाँचमा थप दुई चिनियाँ कम्पनी परेका छन् । यसमा चिनियाँ राज्य स्वामित्वको सीएनपीसी र स्टेट ग्रिड रहेका छन् । यी दुई कम्पनीको आम्दानी क्रमशः ३९२.९७६ अर्ब डलर र ३८७.०५६ अर्ब डलर रहेको छ ।

संख्याको आधारमा चिनियाँ कम्पनीले अमेरिकालार्य पछाडि पारे पनि कुल आम्दानीका आधारमा भने अभैmपनि चिनियाँ कम्पनीहरु अमेरिका भन्दा ठूलो अन्तरले पछि रहेका छन् । ग्लोबल–५०० को कुल आम्दानीमा चिनियाँ कम्पनीहरुको हिस्सा २५.६ प्रतिशत रहेको छ । यसमा अमेरिकी कम्पनीको आम्दानी २८.८ प्रतिशत रहेको छ । सूचीमा पर्ने सबै कम्पनीहरुको कुल आम्दानी ३२७ खर्ब डलर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो । यो विश्वको कुल जीडीपीको एक तिहाई बराबर हो ।

सूचीमा नव प्रवेशीको रुपमा पर्न सफल २५ कम्पनीमा साउदी अराम्को पनि रहेको छ । यो कम्पनी विश्वकै सर्वाधिक नाफा गर्न सफल कम्पनीको रुपमा रहेको छ । नव प्रवेशी २५ मा चीनका १३ रहेका छन् । यसमा चाइना डेभलपमेन्ट बैंक, रेल निर्माता सीआरआरसी कम्पनी, स्मार्टफोन निर्माता साओमी पनि लगायतका परेका छन् ।

अमेरिकाको कालो सूचीमा परेको र चालू व्यापार युद्धको।मारमा परेको भएपनि हुवावेको उकालो यात्रा रोकिएको छैन । यो कम्पनी गत वर्षको ७२ औं स्थानबाट यो वर्ष ६१ औं स्थानमा उक्लिएको छ ।

“ पूर्ण अर्थमा २१ औं सताब्दी चिनियाँ सताब्दी भएको छ,”फर्चूनले लेखेको छ । “कम्तीमा पनि व्यापारमा चीनले बर्चस्व कायम गर्न थालेको छ,” फर्चुनको टिप्पणी छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411