
काठमाडौँ । मनसुनी वर्षा पुनः सक्रिय भएकोले बुधबार मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको छ ।
राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले चुरे र पहाडबाट बहने नदीमा आकश्मिक बाढीको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ।
केन्द्रका अनुसार बुधबार चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना, रहेको छ ।
‘तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ’, केन्द्रले सूचना जारी गरेर भनेको छ ।