
काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंककम्युनिकेशनले हरेक टिभीमा यूट्युव हेर्न मिल्ने नया प्रोडक्ट बजारमा ल्याएको छ । हरेक ब्याक्तिले मोवाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युव हेर्दै आइरहेको भएतापनी अवदेखी सवैलाई सजिलो होस भनी टिभीमै हेर्न मिल्ने सुविधा वर्ल्डलिंकले दिएको हो ।
जुनसुकै टेलिभिजनमा सजिलै यूट्युव हेर्न मिल्ने गरी अव हरेक टिभीमा यूट्युब नामक नयाँ प्रोडक्ट बजारमा अफर स्वरुप ल्याएको वर्ल्डलिंक कम्युनिकेशनस्ले जनाएको छ ।
यस सेवा अन्तर्गत वर्ल्डलिंकको नेट टिभीका प्रयोगकर्ताहरुले अव आफ्नो टिभी मार्फत साथीभाइ वा स–परिवार संग यूट्युबको भरपुर फाइदा प्राप्त गर्न सक्नेछन । यो सुविधा स्र्माट टिभीमा मात्र नभई नन स्मार्ट वा सिआरटी टिभीमा पनि उपलब्ध छ । हाल नेट टिभीले आफ्ना ग्राहकवर्गहरुका लागि ८० भन्दा बढी एचडी च्यानलहरु सँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।
अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूmलाई मनपर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिनानै यूट्युब मार्फत हेर्न सक्दछन् । यो सुविधा प्रयोगकर्ताहरुले यूट्युव स्क्रिनलाई आफ्नै स्मार्टफोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेटटिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुनेछ ।
यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ । पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखामा गएर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्नेछन ।