नेपालकै पहिलो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक बन्यो चिनियाँ कम्पनी

मंगलवार, श्रावन ७, २०७६ साल,
काठमाडौँ । चिनियाँ कम्पनी ‘युनियन पे’ले नेपालकै पहिलो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकको इजाजतपत्र हासिल गरेको छ।

नेपाल राष्ट्र बैँकले केही दिनअघि युनियन पे इन्टरनेसनललाई उक्त इजाजतपत्र दिएको हो। अब युनियन पे इन्टरनेसनलले नेपालमा इलेक्ट्रिक कार्ड र भुक्तानी सेवा सञ्चालन गर्न पाउनेछ।

युनियन पे यस्तो इजाजतपत्र पाउने पहिलो अन्तर्राष्ट्रिय कम्पनी हो। युनियन पेले संसारभरि नै सेवा विस्तार गरिरहेको छ। नेपालमा यसअघि ईसेवा, खल्तीलगायतले भुक्तानी सेवाको काम गरिरहेका छन्।

नेपालका लागि चिनियाँ राजदूत होउ याङ्जीले नेपालकै पहिलो अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकको इजाजतपत्र हासिल गरेकामा युनियन पेलाई बधाई दिएकी छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411